काठमाडौं– चर्चित मोडलिङ एजेन्सी हाउस अफ फेसनको आयोजनामा ‘एन भोग सिजन १०’ को उपाधि घोषणा गरिएको छ । सन्ध्या राना मगर र रेयुल श्रेष्ठले हाई अन फेसन, बियोम जंग राना र सनम अर्याल सेकेण्ड रनरअप, पारस बास्ताकोटी र ज्यस्मिन शाक्य फस्ट रनरअप घोषित भए । यसैगरी श्रृष्टी श्रेष्ठ र सिद्धान्त केसी कमर्सियल एम्बासडर र शारोन बज्राचार्य र अशिम सक्सेना ब्राण्ड एम्बासडर घोषित भएका छन् ।

मोडलिङ र व्यत्तित्व विकासको प्रशिक्षण लिन एन भोगमा आएका उनीहरु उपाधि जित्दा स्तब्ध भएका थिए। ‘एन भोगको उपाधि आफैंमा ठूलो कुरा हो। यसले मलाई नेपाली मोडलिङमा व्यावसायिकरुपमा लाग्न प्रोत्साहित गरेको छ’ एन भोगका विजेताहरूले भने ।

उनीहरुले उपाधीसँगै विभिन्न उपहार प्राप्त गरेका छन्। नेपाली मोडलिङ र फेसन जगतमा प्ल्याटफर्म खोजिरहेका युवा पुस्ता प्रोत्साहन गर्न ‘एन भोग’ शीर्षकमा र्याम्प सो र मोडलिङ प्रतियोगिताको आयोजना गरिएको थियो।

हाउस अफ फेसनले आयोजना गरेको एन भोग मोडलिङ प्रतियोगितामा महिला र पुरुष गरी ४० जना सहभागी भएका थिए। अडिसनबाट छानिएका मोडलहरुले करिब एक महिनाको प्रशिक्षणको दौरान र्याम्प मोडलिङ, क्याटवाक र आत्मविश्वासलगायत विषयमा प्रशिक्षण पाएका थिए।

फर्मल, क्याजुअल, लेहेंगा, इभनिङ गाउनलगायत विभिन्न सिक्वेन्समा मोडलहरुले र्याम्पमा क्याटवाक प्रस्तुत गरेका थिए। ‘नेपाली र्याम्प मोडलिङमा महिला र पुरुष दुवै मोडलको माग बढिरहेको छ। व्यावसायिक मोडलले मोडलिङबाट राम्रो आम्दानी गरिरहेका छन्। त्यसैले हामीले महिला र पुरुष मोडललाई प्रतियोगितामा सहभागी गराएर प्ल्याटफर्म दिएका हौं,’ हाउस अफ फेसनकी फाउन्डर ओसिमा बानुले भनिन्।

प्रतियोगितामा सहभागीहरूलाई हाउस अफ फेसनले आयोजना गरेको मिसेस भोग, २०२४ को विजेता पूजा पार्खिनले प्रशीक्षण दिएकी थिइन् । उनी शोस्टपरका रूपमा कार्यक्रममा सहभागी भएकी थिइन् ।


मिसेस भोग, २०२४ को विजेता पूजा पार्खिन