डोटीमा बलात्कार मुद्दाका अभियुक्त १० वर्षपछि पक्राउ

राम्रो अनलाइन     ३१ भदौ २०८१, सोमबार
डोटीमा बलात्कार मुद्दाका अभियुक्त १० वर्षपछि पक्राउ

 

धनगढी – डोटीमा जबर्जस्तीकरणी मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन् । दिपायल सिलगढी नगरपालिका-७ उडीतोला बस्ने ४७ वर्षीय रामबहादुर खड्कालाई १० वर्षपछि आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

खड्कालाई जबरजस्ती करणी मुद्दामा ३ वर्ष कैद सजाय सुनाइएको थियो । जिल्ला प्रहरी कार्यालय डोटीका निमित्त प्रमुख डीएसपी भीमलाल भट्टराईले ३० साउन २०७२ देखि फरार रहेका खड्कालाई दिपायल सिलगढी नगरपालिका-७ सिलगढी-साफे सडकखण्डमा शंकास्पद रुपमा हिंडिरहेको अवस्थामा पक्राउ गरिएको बताए । उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत डोटीमा पु गरिएको उनले बताए ।

प्रतिक्रिया