पेट्रोल र डिजेलको मूल्य घट्यो  

राम्रो अनलाइन     ३१ भदौ २०८१, सोमबार
पेट्रोल र डिजेलको मूल्य घट्यो  


काठमाडौं–पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य घटाएको हो। पेट्रोलको मूल्य ४ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ घटेको छ। नयाँ मूल्यअनुसार अब काठमाडौंमा पेट्रोलको प्रतिलिटर १५९ र डिजेल तथा मट्टीतेलको प्रतिलिटर १४९ रुपैयाँ पर्ने भएको छ।

प्रतिक्रिया