माअ‍ोवादीकाे अवराेधपछि संसद बैठक स्थगित

राम्रो अनलाइन     २६ भदौ २०८१, बुधबार
माअ‍ोवादीकाे अवराेधपछि संसद बैठक स्थगित

 

काठमाडाैं – नेकपा माअ‍ोवादी केन्द्रकाे अवराेधपछि प्रतिनिधिसभाकाे बैठक स्थगित भएकाे छ। नेकपा एमालेका सांसद योगेश भट्टराईले बोलेको ‘हिंसा’ शब्द संसदको रेकर्डबाट नहटाएपछि माअ‍ोवादीले संसद अवराेध गरेकाे थियाे।

बुधबार बसेकाे संसद बैठकमा सभामुख देवराज घिमिरेले सांसद भट्टराईले बोलेको ‘हिंसा’ शब्द असंसदीय नभएको भन्दै संसदको रेकर्डबाट हटाउन नपर्ने बताएका थिए। त्यसपछि माओवादी सांसदहरुले उठेर अवरोध गरेका थिए।

सांसदहरू अवराेध जारी राखेपछि बैठक आइतबार बस्ने गरेर स्थगित भएको हाे।

प्रतिक्रिया