प्रकाश तामाङले घरमै पाए नागरिकता

राम्रो अनलाइन     १६ भदौ २०८१, आइतबार
प्रकाश तामाङले घरमै पाए नागरिकता

 

काठमाडाैं – प्रकाश तामाङ (काले मोक्तान) ले नागरिकता पाएका छन्। आइतबार प्रशासनका अधिकारीले उनको घर भोजपुर षडानन्द नगरपालिका-१० छाप्लेगाउँ (साम्पाङ) मा पुगेर उनलाई नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन्।

‘हेर्ने कथा’ युट्युब च्यानलकाे ‘हराएका वर्षहरु’ मार्फत भेटिएका प्रकाशलाई उनको बुवा-आमासँग नाता कायम र जन्मदर्ताको कागज बनाएर नागरिकता दिइएको हाे।

षडानन्द नगरपालिका मेयर सुरेन्द्र उदास, वडा अध्यक्ष प्रेम दोर्जी शेर्पा, इलाका प्रशासन कार्यालय प्रमुख बिनोद ज्ञावली, नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मोहन चापागाईंको उपस्थितमा प्रकाशलाई नागरिकताको प्रमाणपत्र प्रदान गरिएको हो। 

प्रतिक्रिया