काठमाडाैं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद मान्य नहुने बताएका छन्। बिहीबार प्रतिनिधिसभा बैठककाे आकस्मिक समयमा बाेल्दै सांसद लामिछानले यस्ताे बताएका हुन्।
‘म आफ्नाेतर्फबाट र आफ्नाे दलकाेतर्फबाट सिंगाे सदन र सिंगाे देशलाई जानकारी गराउन चाहन्छु कि भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद मान्य हुने छैन। नाे इफ नाे बट, हाम्राे कुरा क्लियर कट। ५ वर्षे लागू हुने छैन’, उनले भने, ‘भ्रष्टाचारको मुद्दामा कुनै पनि किसिमकाे हदम्याद राखिनु हुँदैन, हामी यसमा स्पष्ट छाैँ।’