लायन्स क्लबद्वारा विद्यार्थीका लागि शैक्षिक सामग्री हस्तान्तरण 

राम्रो अनलाइन     ०१ भदौ २०८१, शनिबार
लायन्स क्लबद्वारा विद्यार्थीका लागि शैक्षिक सामग्री हस्तान्तरण 

काठमाडौं–लायन्स क्लब इन्टरनेसनल मल्टिपल डिस्ट्रिक ३२५ एफ जोन १९ अन्तर्गतका  लायन्स क्लब अफ ओखलढुंगा पोकली वाटरफल, काठमाडौँ हाइट र हलेसी मार्टद्वारा मल्टिपल डिस्ट्रिक एडमिनिस्ट्रेटर लायन प्रधुम्न पोखरेलको प्रमुख आतिथ्यमा एक कार्यक्रमको बीच श्री पटना देवी आधारभूत विद्यालय  लिखु– ९ मा अध्ययनरत  विद्यार्थीहरूका लागि शैक्षिक सामग्री स्कुल ब्याग तथा  स्टेसनरी पोकली झरना सेवा समाजका अध्यक्ष बुद्धि प्रसाद ढुंगेललाई हस्तान्तरण  गरियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि  प्रधुम्न पोखरेलले लायन्सले स–साना कार्यदेखि लिएर ठुल–ठुला सामाजिक कार्य गर्दै आएको र लायन्स क्लबको स्थापना सहयोग गर्नकै लागि  भएकोले आवश्कतामा सदैव अग्रपंक्तिमा रहने बताए । गुरु केदार बरालले कार्यक्रम संचालन गर्दै लिखु गाउँ पालिकाका विभिन्न स्कुलका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री , स्कुल ब्याग बितरण गरिने कार्यक्रम रहेको र यस्ता समाजिक कार्य गर्न पाउँदा खुशी लाग्ने बताए । जोन चियर पर्सन लायन दिनेश कार्कीले  आफ्नो आह्वानलाई र निमन्त्रणालाई स्वीकार गरि कार्यक्रममा सहभागी भएकोमा प्रमुख अतिथि, अतिथि र क्लबका पदाधिकारी तथा सदस्यहरु  सबै प्रति  आभार प्रकट गरे ।  काठमाडौँ हाइटका अध्यक्ष डा शीला बर्माले सामान्य सुविधाबाट बन्चित विकट ठाउँका विद्यार्थीको लागि यो सानो सहयोग पनि निकै महत्त्व रहने बताए।  हलेसी मार्टका अध्यक्ष दीपक कटवालले आगामी दिनमा पनि आवश्यक परेको ठाउँमा लायन्स क्लब  निरन्तर रुपमा यस्ता सामाजिक कार्यमा लागि रहने बताए। 

कार्यक्रममा सम्बोधन गर्दै श्री कलेजका प्रोपाइटर तथा पोकली वाटरफलका कोषाध्यक्ष सुदीप चालिसेले पोकली सेवा समाज र पोकली वाटरफलबाट सिफारिस भै आएका अति बिपन्न ५ जना सम्म बिद्यार्थीलाई निःशुल्क अध्यायन गराउने प्रतिबद्धता गरे । कार्यक्रमको सभापतित्व गर्दै पोकली वाटरफलका अध्यक्ष  सिताराम बानियाले हाम्रो सानो सहयोग पुर्ण नहुने तर विद्यार्थीलाई प्रेरणा मिल्ने आशा गर्दै सेवा गर्ने अवसर दिएकोमा स्कुल व्यवस्थापन र कार्यक्रम सहभागी हुने सबैलाई धन्यवाद  दिए । सहयोग सामाग्री  ग्रहण गर्दै पोकली झरना सेवा समाजका अध्यक्ष  बुद्धिप्रसाद ढुंगेलले लायन्स क्लबलाई धन्यवाद दिँदैआगमी दिनमा पनि यस क्षेत्रमा सहयोगको अपेक्षा रहेको र एक पटक पोकली झरना घुम्न सबैलाई आव्हान गरे । कार्यक्रममा पोकली वाटरफलका चार्टर प्रेसिडेन्ट वर्षा राउत, विमला श्रेष्ठ, दामोदर अधिकारी, गृसा राउत,कबिता तामाङ, रेखा पराजुली, अन्जना बस्नेत, सन्ध्या दिवाकर  लगायतले सम्बोधन गरेका थिए । 

प्रतिक्रिया