बंगलादेशमा युनुसले आज शपथ लिने, अन्तरिम सरकार १५ सदस्यीय हुने

राम्रो अनलाइन     २४ साउन २०८१, बिहिबार
बंगलादेशमा युनुसले आज शपथ लिने, अन्तरिम सरकार १५ सदस्यीय हुने

 

काठमाडौँ–  बंगलादेशको अन्तरिम सरकारले आज शपथ लिने भएको छ ।

बंगालदेशको सेनाका प्रमुख वाकर उज जमानले डा. मोहमद युनुस नेतृत्वको अन्तरिम सरकारले आज शपथ लिने जानकारी दिएका हुन् । सेना प्रमुख जमानले अन्तरिम सरकार १५ सदस्यीय हुने बताएका छन् ।

साथै उनले बंगलादेशमा ३(४ दिन भित्र पूर्ण रुपमा शान्ति बहाल हुने बताएका छन् । उनले देशमा पछिल्ला दिनहरुमा लुटपाट र तोडफोडका घटनाहरुमा संलग्न सबैलाई कानुनको दायरामा ल्याउने बताउदै देशमा शान्ति बहाल गर्न एयर फोर्स र नाभीले मिले काम गरिरहेको समेत जानकारी दिए ।

उनले अन्तरिम सरकार प्रमुखमा नियुक्त भएका युनुससँग आफुले कुरा गरेको र उनको नेतृत्वमा देश छिट्टै प्रजातान्त्रिक प्रकृयामा फर्किने विश्वास व्यक्त गरेका छन् ।

गत सोमबार शेख हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिएर देश छोडेपछि अनिश्चित बनेको बंगलादेशको राजनीति अब विस्तारै ट्रयाकमा आउने देखिएको छ । आन्दोलनरत विद्यार्थीहरुको माग बमोजिम राष्ट्रपति मुहमद शाह्बुद्दीनले संसदको भंग गरेर नोबेल पुरस्कार विजेता डा. युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरेका थिए ।

प्रतिक्रिया