वरिष्ठ समाजसेवी यमकला केसीको मौलक तिज गीत ‘शिवजीको नाम’ सार्वजनिक

राम्रो अनलाइन     २३ साउन २०८१, बुधबार


काठमाडौं–वरिष्ठ समाजसेवी यमकला केसीको ‘शिवजीको नाम’ मौलक तिज गीत सार्वजनिक भएको छ । भजन शैलीमा रहेको गीत केसीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । 

उक्त गीतमा नेपाली नारीहरूको मौलिकता झल्काउने पहिरनका साथमा  गायिका केसीले पनि अभिनय गरेकी छिन् । व्यवसायिकताको नाममा तिज गीतमा मौलिकता हराउँदै गएको भन्दै गायिका केसीले भजन शैलीको मौलिक तिज गीत गाएको बताइन् । 

पहिलो गीत भएपनि गायिका केसीको स्वर समधुर सुनिएको छ । उनले भिडियोमा सुन्दर अभिनय पनि गरेकी छिन् । गीतको शब्द, संगीत संयोजन तथा भिडियो निर्देशन भद्र वलीले गरेका छन् ।  ‘गायिका केसी नयाँ भएपनि गीतमा उहाँले राम्रो स्वर दिनुभएको छ’ संगीतकार वलीले भने । 

रोल्पाकाकी स्थायीबासी केसी लामो समयदेखि सामाजिक सेवाको क्षेत्रमा क्रियाशील छिन् । रोल्पाली चेली फाउण्डेसनको अध्यक्षसमेत रहेकी उनले रोल्पामा वृद्धाश्रम बनाउँदै गरेको, मन्दिर निर्माण गरेको, गरीब तथा निमुखाहरूका लागि सहयोग गर्दै आइरहेकी छिन् । गायिका केसी तेक्वान्दोको राष्ट्रिय खेलाडी पनि हुन् । उनले १७ वर्ष तेक्वान्दो खेलेकी थिइन् । 

प्रतिक्रिया