मिस अर्थको ताजलाई अहिलेको जल्दोबल्दो वातावरणीय मुद्दासँग जोड्छु : मिस अर्थ सुमना केसी 

राम्रो अनलाइन     २० साउन २०८१, आइतबार
मिस अर्थको ताजलाई अहिलेको जल्दोबल्दो वातावरणीय मुद्दासँग जोड्छु : मिस अर्थ सुमना केसी 

 

म चितवनकी स्थायी बासी हुँ । २५ वर्षकी भएँ । डेन्टल सर्जरीमा स्नातक गरेकी छु । मेरो उचाइ ५ फिट ६ इन्च छ । म पछिल्लो समय काठमाडौंस्थित पिपुल्स डेन्टल हस्पिटलमा इन्टर्न गरिरहेकी छु । म  ‘सबैका लागि स्वास्थ्य’ नारासहित ग्लोबल हेल्थ एड्भोकेट बन्न चाहन्छु।

मलाई केही एक सातादेखि नै केही राम्रो भइरहेको छ भन्नेजस्तो महसुस भइरहेको थियो । त्यो भित्री आवाज बलियो ढंगले आइरहेको थियो । आजको रात बिहानैदेखि महत्वपूर्ण छ भन्ने लागेको थियो । मिस अर्थको ताजलाई हामी अहिलेको जल्दोबल्दो वातावरणीय मुद्दासँग जोड्दैछौं । यो प्रतिस्पर्धा र क्राउनमार्फत वातावरण संकटबारे हाम्रो आवाज उठाउनेछौं । चाँडै यो परियोजना गर्नका लागि म उत्साहित छु ।

यसको उत्तर मैले आजको दिनमै दिन नपाउँला । तर अहिलेको जल्दोबल्दो मुद्दामा आफू स्वास्थ्य व्यवसायी भएको नाताले पनि वातावरण र स्वास्थ्य एकअर्कामा अन्तरसम्बन्धित छन् भन्ने लाग्छ । यो क्षेत्रमा काम गर्न आतुर छु । आफ्नो ज्ञान र सीपलाई अझै निखार्नेमा आशावादी छु । परिवार, साथी र म जहाँ काम गर्छु मेरो प्रोफेसरहरु सबैजनालाई धेरै धन्यवाद दिन चाहन्छु । किनभने एउटा मान्छेको सफलतामा धेरै मान्छेको हात हुन्छ ।

प्रतिक्रिया