सौर्य एयरकाे जहाज दुर्घटनामा परेका पाइलट शाक्य डिस्चार्ज हुँदै

राम्रो अनलाइन     १७ साउन २०८१, बिहिबार
सौर्य एयरकाे जहाज दुर्घटनामा परेका पाइलट शाक्य डिस्चार्ज हुँदै

 

काठमाडौँ– काठमाडौँमा भएको सौर्य एयरलाइन्सकाे विमान दुर्घटनामा परेर बाँच्न सफल भएका पाइलट मनिषरत्न शाक्य अस्पतालबाट आज डिस्चार्ज हुने भएका छन्।

गत साउन ९ गतेदेखि उनको काठमाडौँको  सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको थियो। उनको स्वास्थ्य अवस्था हाल सामान्य रहेको अस्पतालले जनाएको छ । 

काठमाडौँबाट आफ्नै कर्मचारी लिएर पोखरा जान लागेको सौर्यकाे जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै दुर्घटना भएको थियो। दुर्घटनामा जहाजमा सवार १९ मध्ये १८ जनाको निधन भएको थियो। 

प्रतिक्रिया