काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान शिहले केपी शर्मा ओली नेतृत्वको सरकारले जनतालाइ झुक्याउने काम गरेको बताएका छन् । नेपाल दलित संघको आयोजनामा आइतबार काठमाडौंमा भएको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रममा नेता सिंहले नभएको विकास गर्यौ भनेर यो सरकारले जनतालाइ झुक्याउने गरेको बताएका हुन् ।
उनले कम्युनिस्टहरूको मुखमा रामराम बगलीमा छुरा हुने गरेको पनि बताए । मुखले धेरै नै काम गरेको भन्ने तर बास्तबिकतामा त्यो नभएको उनको भनाइ थियो ।
देशलाइ संकट पर्दा कांग्रेसले सधै देश र जनताको हितमा काम गर्ने गरेको भन्दै उनले अहिलेको अवस्थाबाट मुलुकलाई निकास दिलाउन पनि काग्रेसकै आफ्नो नेतृत्वको सरकार निर्माण गर्न प्रयास भइरहेको बताए ।
सरकारमा जान कांग्रेसको रहर नभै मुुलुुकलाई निकास दिन बाध्यात्मक परिस्थिति आएको उनको भनाइ छ । सरकार पुर्णतः असफल भइसकेको, भष्ट्राचारमा लिप्त रहेको र यस्तो सरकारबाट देश र जनताको हितमा काम होला भनेर आश गर्ने ठाँउ नरहेको सिंहले भन्नू भयो ।
सन्त नेता किसुनजीको सपना र योजनामा मेलम्चीको पानी काठमाडौंमा ल्याउने प्रयास शुरुआत भयको कुरा दुनियाँलाई थाहा रहेको भन्दै सिंहले सरकारले किसुनजीलाई सम्मान गर्ने त कता हो कता ,ओलीले आफैले मेलम्ची काठमाडौं ल्याए भनेर फुर्ती लगाउने गरेको देख्दा अचम्म लागेको बताए ।
अब नया सरकार गठन गरेर मुलुकलाई अहिलेको अवस्थाबाट निकास दिई निष्पक्ष चुनाव गराउने उनको भनाइ छ ।