महाधिवेशनबारे छलफल गर्न देउवाले बोलाए पदाधिकारी बैठक

राम्रो अनलाइन     २९ चैत २०७७, आइतबार
महाधिवेशनबारे छलफल गर्न देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौँ । पार्टीको १४ औं महाधिवेशनबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार दिउँसो २ बजे बस्नेगरी पार्टी पदाधिकारीहरूको बैठक बोलाएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पदाधिकारी बैठकले सोमबार बोलाइएको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको एजेण्डा तय गरेको छ । कांग्रेसले १४ औं महाधिवेशन भदौ ७ देखि गर्ने कार्यतालिका बनाएको छ।

अहिलेसम्म ७१ जिल्लामा क्रियाशील सदस्यता वितरण र नवीकरणका काम भइरहेका छन् । बाँकी जिल्लामा पनि क्रियाशीलको काम सुरू गर्ने तयारीमा कांग्रेस छ ।

गत चैत २० को केन्द्रीय समिति बैठकले प्रधानमन्त्रीबाट केपी शर्मा ओलीको राजीनामा माग गर्ने र सरकार बनाउन अग्रसरता देखाउने निर्णय गरेको थियो । तयसविषयमा भइरहेका छलफलबारे पनि बैठकमा छलफल हुने नेताहरूले बताएका छन् । 
 

प्रतिक्रिया