भ्रष्टाचार मुद्दामा सफाइ पाएपछि जलेश्वरका मेयर र उपमेयरले कार्यभार सम्हाले

राम्रो अनलाइन     ३० असार २०८१, आइतबार
भ्रष्टाचार मुद्दामा सफाइ पाएपछि जलेश्वरका मेयर र उपमेयरले कार्यभार सम्हाले

 

काठमाडाैं – आर्थिक अनियमितताको आरोप लागेपछि निलम्बनमा परेका महोत्तरीको जलेश्वर नगरपालिका प्रमुख सुरेश साह सोनारले मुद्दामा सफाइ पाएपछि आइतबारदेखि पुनः कार्यभार सम्हालेका छन् ।

उनीसँगै उपप्रमुख रौशन खातुन, वडा नं १ का वडाअध्यक्ष अनिलकुमार झा, कार्यपालिका सदस्य सोगरा खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल र अधिकृत धिरेन्द्र झाले पनि सफाइ पाएपछि आइतबार नै कार्यालय गएर कार्यभार सम्हालेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वैशाख २७ गते जलेश्वर नगरपालिकाका प्रमुख, उपप्रमुखसहित १२ जनामाथि विशेष अदालतमा भ्रष्टाचार कसुरमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

असार २६ गते विशेष अदालतले १२ जनामध्ये मेयर, उपमेयर, तत्कालिन प्रमुख कार्यकारी अधिकृत र अधिकृत गरी चार जनाले सफाइ पाएका हुन् ।

प्रतिक्रिया