मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस 

राम्रो अनलाइन     २५ असार २०८१, मङ्गलबार
मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस 


काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनुशासन आयोगले निलम्बित महामन्त्री डा.मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको छ।

अनुशासन आयोगको सिफारिसबारे निर्णय गर्न रास्वपा केन्द्रीय समिति बैठक बसिरहेको छ। गत बुधबार बसेको केन्द्रीय समितिले पार्टीको हितविपरीत गतिविधि गरेको भन्दै ढकाललाई एक साताका लागि निलम्बन गर्ने निर्णय गरेको थियो। जसअनुसार थप कारबाहीको सिफारिस गर्न अनुशासन आयोगलाई पार्टीले निर्देशन दिएको थियो।

आफूलाई निलम्बन गरेपछि ढकालले भने आफूलाई स्पष्टीकरणको समेत अवसर नदिएर कारवाही गरेको गुनासो गरेका थिए।

प्रतिक्रिया