धनगढी – मोटरसाइकल दुर्घटना हुँदा धनगढीमा एक जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१८ फुलबारीमा हसुलियातर्फ जाँदै गरेको से३ प ५६९५ नम्बरको मोटरसाइकल नालामा खसेको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका चालक कैलारी गाउँपालिका –८ का कृष्ण चौधरीको शनिबार बिहान उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलको पछाडि बसेका २८ वर्षका यादव चौधरी सामान्य घाइते भएका छन्।