प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि बजेट बढाउँदै लगिनेछ : मन्त्री शर्मा

राम्रो अनलाइन     २१ असार २०८१, शुक्रबार
प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि बजेट बढाउँदै लगिनेछ : मन्त्री शर्मा

 

काठमाडौं–  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि पर्याप्त बजेट विनियोजन गर्दै लगिने बताएका छन् ।

आगामी आर्थिक वर्षमा सो कार्यक्रमका लागि १० करोड मात्र बजेट विनियोजन गरेकोमा सरकारको चौतर्फी आलोचना भइरहेका बेला मन्त्री शर्माले आगामी वर्षहरुले पर्याप्त बजेटको व्यवस्था गर्ने आश्वासन दिएकी हुन् ।  

शुक्रवार राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलगायतको विनियोजित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनेक्रममा उहाँले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र यौनिक तथा लैङ्गिक अल्पसंख्यकको हित संरक्षणका लागि आवश्यक नीतिगत व्यवस्था गर्ने तथा भइरहेका नीति र कानूनहरु परिमार्जन गर्ने पनि बताइन् । 

मन्त्री शर्माले मानव बेचबिखन नियन्त्रणका लागि आवश्यक कार्यक्रम सञ्चालन हुनेगरी कानुन परिमार्जन गर्ने बताए । उनले भनिन्, ‘महिलाको आर्थिक आत्मनिर्भरता वृद्धि हुने एवं सशक्तिकरणमा आगामी आर्थिक वर्षका लागि प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम प्रस्ताव गरिएको छ । कार्यक्रममा अपेक्षाकृत बजेट विनियोजनको प्रस्ताव नभए तापनि सोपछिका आर्थिक वर्षहरुमा पर्याप्त बजेट विनियोजन गर्दै लगिनेछ ।’ 

मन्त्रालयको सरोकार रहेको महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र यौनिक तथा लैङ्गिक अल्पसंख्यकको हित संरक्षणका लागि आवश्यक नीतिगत व्यवस्था गर्ने तथा भइरहेका नीति र कानूनहरु परिमार्जन गर्ने कार्यक्रम रहेको छ । मानव बेचबिखन नियन्त्रणका लागि आवश्यक कार्यक्रम सञ्चालन हुनेगरी कानून परिमार्जन गरिने उनले बताइन् ।

मन्त्री शर्माले महिला हिंसा अन्त्यका लागि पनि सरकारले विभिन्नखालको जनचेतनामूलक कार्यक्रमलाई विगतदेखि नै निरन्तरता दिँदैआएको पनि स्मरण गराइन् ।

प्रतिक्रिया