बाँकेमा डेंगुका बिरामी बढ्दै

राम्रो अनलाइन     १९ असार २०८१, बुधबार
बाँकेमा डेंगुका बिरामी बढ्दै

 

बाँके– बाँके जिल्लामा डेंगु रोगका बिरामिहरुको सङ्ख्या बढ्दै गएको छ । जिल्लामा डेंगु सङ्क्रमणको जोखिम बढेकाले उच्च सर्तकता अपनाउन आवश्यक रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । भारतसँग सिमा जोडिएको कारण पनि सचेत हुनुपर्ने अवस्थाआएको बाँकेका डेंगु सम्पर्क ब्यक्ति दुर्गा गौतमले बताए ।

उनका अनुसार जिल्लाका सबै पालिकामा डेंगुको सङ्क्रमण देखिएको छ । जिल्लाका आठ स्थानिय तहमध्ये राप्तीसोनारी गाउँपालिकामा पाँच, कोहलपुर नगरपालिकामा २४, बैजनाथ गाउँपालिकामा नौ, खजुरा गाउँपालिकामा चार, जानकी गाउँपालिकामा पाँच, नेपालगन्ज उपमहानगरपालिकामा ४५ र डुडुवा गाउँपालिकामा ६ जना डेंगुका बिरामी छन् ।

बिगत ६ महिनादेखि यताको तथ्याङ्क हेर्दा नेपालगन्जमा मात्रै एक हजार दुई सय ६८ जना सङ्क्रमित भएका छन् । डेंगु लामखुट्टेको सङ्क्रमणबाट सर्ने भएकाले यस रोगबाट बच्नको लागि सरसफाईमा विशेष ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीहरुको भनाइ रहेको छ ।

प्रतिक्रिया