प्रहरी प्रधान कार्यालयले गर्‍यो एआईजी उमेशराज जोशीको बिदाइ 

राम्रो अनलाइन     १८ असार २०८१, मङ्गलबार
प्रहरी प्रधान कार्यालयले गर्‍यो एआईजी उमेशराज जोशीको बिदाइ 


काठमाडौं– प्रहरी प्रधान कार्यालयले उमेरहदका कारण अनिवार्य अवकाशमा जान लागेका प्रहरी अतिरिक्त महानिरीक्ष (एआईजी) उमेशराज जोशीको बिदाइ गरेको छ । उनी प्रदेश समन्वय विभागमा कार्यरत थिए ।

एआईजीको ५६ वर्ष उमेरहदका कारण १९ असारमा अवकाशमा जान लागेका हुन् । जोशीलाई मंगलबार प्रहरी प्रधान कार्यालयले बिदाइ गरेको हो । प्रहरी नियमावली, २०७१ अनुसार प्रहरीमा सेवा अवधि ३० वर्ष र उमेरहदसमेत राखिएको छ । डीआईजी र एआईजीको उमेर हद ५६ वर्ष र आईजीपीको ५८ वर्ष कायम गरिएको छ ।

११ असारमा डीआईजी सुरेन्द्र मैनालीलेसमेत उमेरहदकै कारण अवकाश पाएका छन् । जोशीको अवकाशको दुई दिनपछि अर्का प्रस्तावित (एआईजी) हाल डीआईजी पोषराज पोखरेलले समेत अवकाश पाउनेछन् । १० असारमा गृहसचिव नेतृत्वको बढुवा समितिले पोखरेललाई एआईजीमा बढुवा सिफारिस गरेको थियो । उनको सिफासिरलाई मन्त्रिपरिषद्ले स्वीकृत गर्नुपर्ने हुन्छ । उनको सिफारिस स्वीकृत नभए उनी डीआईजीबाट अवकाशमा जानेछन् ।

प्रतिक्रिया