प्रतिनिधिसभा: विनियोजन विधेयक, २०८१ अन्तर्गतको छलफल सम्पन्न

राम्रो अनलाइन     ११ असार २०८१, मङ्गलबार
प्रतिनिधिसभा: विनियोजन विधेयक, २०८१ अन्तर्गतको छलफल सम्पन्न

 

काठमाडौँ–  प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८१ अन्तर्गतको दफावार छलफल सम्पन्न भएको छ । प्रतिनिधिसभामा गत जेठ २९ गतेदेखि विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय तथा निकायमाथिको छलफल सुरु भएको थियो ।

विनियोजन विधेयकमाथि विभिन्न मन्त्रालयका विनियोजित शीर्षकमाथि सांसदले उठाउनुभएका जिज्ञासाको प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रालयका मन्त्रीले जवाफ दिएका थिए । 

सरकारले गत जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको थियो ।

प्रतिक्रिया