आगामी वर्ष ६ प्रतिशत आर्थिक वृद्धि हुने सरकारकाे अनुमान

राम्रो अनलाइन     १५ जेठ २०८१, मङ्गलबार
आगामी वर्ष ६ प्रतिशत आर्थिक वृद्धि हुने सरकारकाे अनुमान

 

काठमाडाैं–  सरकारले आर्थिक वर्ष २०८१/८१ काे बजेटमा प्रस्तुत नीति तथा कार्यक्रमकाे कार्यन्वयनबाट आगामी आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेकाे छ।

संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री पुनले बजेट कार्यान्वयनबाट साे दरका आर्थिक वृद्धि हुने अपेक्षा गरिएकाे बताए।

त्यस्तै आगामी वर्ष मुद्रा स्फर्ति ५.५ प्रतिशत रहने अनुमान रहेकाे अर्थमन्त्री पुनले बताए।

बजेटमा प्रस्तुत नीति तथा कार्यक्रमकाे कार्यन्वयनबाट राजश्वकाे आधार तथा दायरा विस्तार हुने, आर्थिक क्रियाकलाप र लगानीमैत्री कर प्रणाली स्थापित भएर आन्तरिक राजश्व परिचलन प्रणाली सदृढ हुने अपेक्षा गरेकाे अर्थमन्त्री पुनले बताए।

प्रतिक्रिया