आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने सरकारकाे घोषणा

राम्रो अनलाइन     १५ जेठ २०८१, मङ्गलबार
आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने सरकारकाे घोषणा

 

काठमाडाैं – सरकारले आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने घोषणा गरेकाे छ।

मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आगामी आवमा १६ लाखभन्दा बढी पर्यटक भित्र्याउने योजनाको घोषणा गर्दै छिमेकी देश चीन र भारतमा पर्यटन प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने बताएका छन्।

उनले पर्यटन प्रवर्द्धनका लागि ५ अर्ब ४६ करोड बजेट विनियोजन गरेको बताएका छन्।

प्रतिक्रिया