मधेस सरकारको नेतृत्व परिवर्तन हुन्छः अध्यक्ष नेपाल

राम्रो अनलाइन     ०८ जेठ २०८१, मङ्गलबार
मधेस सरकारको नेतृत्व परिवर्तन हुन्छः अध्यक्ष नेपाल

 

जनकपुरधाम– पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मधेस प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने बताएका छन् ।

नेपालले मंगलबार जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्दै देशको बदलिँदो राजनीति परिस्थितिका कारण मधेस प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने बताएका हुन् । 

मुलुक सङ्घीय संरचनामा रहेकाले केन्द्रीय संरचनाअनुसार नै प्रदेश सरकारको संरचना बाध्य भएर बनाउनुपरेको नेता नेपालले बताए । 

‘प्रधानमन्त्री पुप्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत प्राप्त गरिसक्नुभएको छ, अब मधेस प्रदेशको सरकार पनि परिवर्तन हुन्छ, ’ अध्यक्ष नेपालले भने । फरक प्रसङ्गमा उनले मुलुकको समृद्धिका लागि वर्तमान सरकारले काम गरिरहेको उल्लेख समेत गरे । 
 

प्रतिक्रिया