फोर्ब्सको ३० वर्ष मुनिको प्रभावशालीमा काठमाडौंकी काजोल 

राम्रो अनलाइन     ०४ जेठ २०८१, शुक्रबार
फोर्ब्सको ३० वर्ष मुनिको प्रभावशालीमा काठमाडौंकी काजोल 


काठमाडौं–फोर्ब्सको ३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीको कला क्याटेगोरीमा काठमाडौंकी काजोल सेठिया पनि परेकी छन् । सामाजिक प्रभाव क्याटेगोरीमा काठमाडौंकी श्रेया गिरी पनि अटाएकी छन् ।

सन् २०१९ मा पेटा एशिया आउट स्ट्यान्डिङ अवार्ड पाइसकेकी काजोलले सिंगापुरमा इन्जिनियरिङ पढ्दा शाकाहारी यात्रा सुरु गरेकी थिइन् ।

जनावरलाई असाध्यै माया गर्ने काजोलले जनावरकै हितका लागि केही काम गर्ने सोच बनाइन् । जनावरको माया र उनीहरूलाई दुःख दिन नपाए हुन्थ्यो भन्ने सोचेर उनले नेपाल फर्किएर भेगन डेरी सुरु गरेकी हुन् ।

सन् २०१८ मा स्थापित उनको डेरीमा जनावरबाट केही नलिएर बनेको दूध, घ्यू, पनिर, बटर जस्ता हेल्थ सप्लिमेन्ट लगायत उत्पादन र बिक्री हुन्छ ।

प्रतिक्रिया