कांग्रेसलाई प्रधानमन्त्रीको प्रस्ताव : रविलाई बोल्न दिनुस्, समिति बन्छ

राम्रो अनलाइन     ०३ जेठ २०८१, बिहिबार
कांग्रेसलाई प्रधानमन्त्रीको प्रस्ताव : रविलाई बोल्न दिनुस्, समिति बन्छ


काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्‌मा बोल्न दिए संसदीय छानबिन समिति गठन हुने प्रस्ताव कांग्रेस समक्ष गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले बिहीबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवालाई टेलिफोनमार्फत उक्त प्रस्ताव पठाएका हुन् । 

कांग्रेसले सहकारीको रकम अपचलनमा गृहमन्त्री लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष छानबिन गर्न संसदीय समिति गठनको माग गरेर संसद बैठक अवरोध गर्दै आएको छ।

प्रधानमन्त्री प्रचण्डले आज अपराह्न ४ बजे बस्ने बैठकमा गृहमन्त्रीलाई बोल्ने वातावरण निर्माण गर्न कांग्रेससँग छलफल गरेका हुन्।

प्रतिक्रिया