राष्ट्रपतिद्वारा आर्थिकविज्ञ डा. नेपालको राजिनामा स्वीकृत

राम्रो अनलाइन     ३० वैशाख २०८१, आइतबार
राष्ट्रपतिद्वारा आर्थिकविज्ञ डा. नेपालको राजिनामा स्वीकृत


काठमाडौँ–राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिकविज्ञ डा. चिरञ्जिवी नेपालले दिएको राजिनामा स्वीकृत गरेका छन्। राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले आज एक विज्ञप्ति जारीगरी डा. नेपालले दिएको राजिनामा राष्ट्रपतिले स्वीकृत गरेको जानकारी दिएका हुन्। 

‘राष्ट्रपतिज्यू समक्ष आर्थिकविज्ञ डा. चिरञ्जिवी नेपालले दिनुभएको राजिनामा सम्वत् २०८१ वैशाख ३० गते स्वीकृत गर्नु भएको छ । साथै, राष्ट्रपतिज्यूले डा। नेपालले आफ्नो पदमा रही पुर्‍याउनुभएको सेवाका लागि धन्यवादसमेत दिनुभएको छ’, जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया