कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागको सदस्यमा १० जना मनोनयन

राम्रो अनलाइन     २४ वैशाख २०८१, सोमबार
कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागको सदस्यमा १० जना मनोनयन

 

काठमाडाैं– नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागको सदस्यमा १० जना मनोनित भएका छन्। सोमबार पार्टी सभापति शेरबहादुर देउवाले १० जनलाई सदस्यमा मनोनित गरेका हुन्।

सदस्यमा फुलकुमार लालवाणी (मोरङ), मनोहरि तिवारी (काठमाडौँ), पद्मबहादुर रावल (मुगु), प्रेमलाल महर्जन (ललितपुर), देविका नेपाली  (दाङ), किरण भगत (सप्तरी), महेन्द्र काफ्ले (तेह्रथुम), निर्मला सुवेदी (रौतहट),  तपेन्द्रबहादुर शाह (अछाम) र माधव तिमिल्सिना (काठमाडौँ) रहेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया