काठमाडौँ– एनक्लेक्स नेपाल ‘मिस नेपाल पिस २०२४’मा २४ प्रतियोगी भिड्ने भएका छन् । आयोजक नेक्स्ट मोडल्स नेपालले प्रारम्भिक अडिसनबाट फिनालेका लागि २४ प्रतियोगी सार्वजनिक गरेको हो ।

प्रतियोगिताको यो ७ औँ संस्करण हो । यस संस्करणको प्रारम्भिक अडिसनमा देशभरका ४ दर्जन नर्सिङ कलेज तथा एकसयभन्दा बढी अस्पतालमा कार्यरत २ सयबढी नर्सले अडिसन दिएका थिए । फिनालेका लागि २४ प्रतियोगी छानिएको आयोजक संस्थाका अध्यक्ष रवि धमलाले बताए ।
छानिएका प्रतियोगीमा प्रलिजा ढकाल, दिव्या बम ठकुरी, प्रिया सुनुवार, नबिना ह्यु राई, प्रिया पाण्डे, समीक्षा भण्डारी, लस्ता श्रेष्ठ, सुरुची देवकोटा, स्वस्तिक बुढाथोकी, आयुषा गुरागाईं, मोनिका थापा मगर, सीमा राउत, रिया जोशी, गुञ्जना बाँस्तोला, लालीमाया तामाङ, सलिना बडे, सिजा कार्की, अपेक्ष्य कोइराला, बिधि लम्साल, सदिती श्रेष्ठ, रविना डंगोल, अनिशा पराजुली, कविता पाल, पला रेग्मी छन् ।























