कैलाली । कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको उपचारका क्रममा काठमाडौंमा निधन भएको छ ।
अध्यक्ष रावलको मंगलबार बिहान उपचारकै क्रममा अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रशाद शर्माले जानकारी दिए ।
आइतबार बिहान घरमै कुर्सीमा बसेका बेला एकाएक बेहोस भई ढलेका अध्यक्ष रावललाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको थियो ।
कोहलपुरमा उपचार सम्भव नभएपछि उनलाइ थप उपचारका लागि सोमबार दिउँसो काठमाडौं लगिएको थियो ।
रावल उच्च रक्तचापबाट पीडित रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ । रावल नेकपा एमालेबाट गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका थिए ।