एन्फाका उपाध्यक्ष दावा लामा पक्राउ

राम्रो अनलाइन     ०५ वैशाख २०८१, बुधबार
एन्फाका उपाध्यक्ष दावा लामा पक्राउ

 

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन्। लामालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले  पक्राउ गरेको हो।

उनलाई लागु औषध खैरो हिरोइनको कारोबारको सम्बन्धमा तत्कालीन पुनरावेदन अदालत पाटनले २०६४ साल जेठ २० गते फैसला सुनाउँदै लामाले लागु औषधको कारोबार गरेको ठहर गरी उनलाई ५ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। लामालाई मंगलबार साँझ पेस्सीकोलास्थित उनकै घरबाट पक्राउ गरेको हो।

प्रतिक्रिया