यी हुन सेवाअवधि बाँकी छँदै उमेर हदका कारण अनिवार्य अवकाशमा जाने प्रहरीका उच्चअधिकृतहरू 

राम्रो अनलाइन     ०४ वैशाख २०८१, मङ्गलबार
यी हुन सेवाअवधि बाँकी छँदै उमेर हदका कारण अनिवार्य अवकाशमा जाने प्रहरीका उच्चअधिकृतहरू 


काठमाडौं–सेवा अवधि बाँकी छँदै प्रहरीका उच्च अधिकारीहरु उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदैछन् । प्रहरी नियमावली २०७१ अनुसार प्रहरी कर्मचारीको सेवा अवधि ३० वर्ष रहे पनि त्यसअगावै उमेर हदका कारण केही उच्च प्रहरी अधिकारीहरु अनिवार्य अवकाशमा जान लागेका हुन् ।

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सन्दीप भण्डारी भोलि ५ वैशाख अनिवार्य अवकाशमा जाँदैछन् । डीआईजी र एआईजीको उमेर हद ५६ वर्ष रहेका कारण उनी ५ वैशाखबाट उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेका हुन् ।

त्यसैगरी अर्का एआईजी मिरा चौधरी थारु पनि ७ वैशाखमा अनिवार्य अवकाशमा जाँदैछिन् । उनी पनि ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेकी हुन् ।७ वैशाखमै उमेर हदका कारण गण्डकी प्रदेशका डीआईजी विकासराज खनाल पनि अनिवार्य अवकाशमा जाँदैछन् ।

हिजो सोमबार मात्रै डीआईजीबाट एआईजीमा बढुवा सिफारिस भएका उमेशराज जोशी पनि उमेर हदकै कारण आगामी १९ असारमा अनिवार्य अवकाशमा जाँदैछन् ।

आउँदो १० जेठमा डीआईजी सुरेन्द्र मैनाली पनि अनिवार्य अवकाशमा जाँदैछन् । २१ असारमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीआईजी पोषराज पोखरेल ५६ वर्षे उमेर हदकै कारण अनिवार्य अवकाशमा जाँदैछन् । उमेर हदकै कारण ११ असारमा एसएसपी मनोज यादव पनि अनिवार्य अवकाशमा जाँदैछन् । एसएसपीको उमेर हद ५५ वर्ष छ ।

उमेर हदका कारण अवकाशमा नगएको भए उनीहरु सबै चैत २०८१ सम्म प्रहरी सेवामा रहेन थिए । सेवा अवधि बाँकी छँदै उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेका उनीहरुको आगामी चैतमा प्रहरी सेवामा प्रवेश गरेको ३० वर्ष पूरा हुन्छ ।

प्रतिक्रिया