कर्णालीका मुख्यमन्त्री कँडेलले लिए शपथ

राम्रो अनलाइन     २८ चैत २०८०, बुधबार
कर्णालीका मुख्यमन्त्री कँडेलले लिए शपथ


कर्णाली– कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारसमक्ष मुख्यमन्त्री कँडेलले आज शपथ ग्रहण गरेका हुन्।  

प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १७२ बमोजिम मुख्यमन्त्री कँडेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्। उनी नेकपा (एमाले) सहित नेकपा (माओवादी केन्द्रं), नेकपा (एकीकृत समाजवादी) को समर्थनमा मङ्गलबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मुख्यमन्त्री कँडेलले आजै पदबहाली गरेका छन्। 

प्रतिक्रिया