काठमाडौं– अर्थमन्त्री वर्षमान पुनका चालक वरिष्ठ हवल्दार उज्वल भण्डारीले सलाम नगरेको भन्दै जवानमाथि हातपात गरेका छन्। भण्डारीले सिंहदरबारमा आफूलाई सलाम नगरेको भन्दै वरिष्ठ हवल्दार भण्डारीले जवान सुन्दर सिंहलाई झापड हानेका हुन्।
दुर्व्यवहारमा पर्ने जवान सिंहदरबार सुरक्षा गणमा कार्यरत हुन्। उनी गणका प्रमुख एसपी सन्तोष तामाङका व्यक्तिगत सुरक्षा अधिकृत हुन्।