विराटनगर– कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ।
सोमबार नयाँ सरकार गठनबारे छलफल गर्न बसेको बैठकले नेकपा माओवादी केन्द्रले कोशी सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।
यसैगरी बैठकले आजै माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिने निर्णय गरेको छ। कोशीमा माओवादी केन्द्रका १३ सांसद रहेका छन्। ९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४६ सांसद आवश्यक पर्दछ। कोशीमा एमालेका ४०, काँग्रेसका २९, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपाका एक सांसद रहेका छन्। भने,एमालेले पनि आजै सरकारबाट बाहिरिने निर्णय गरेको छ।