बढुवा भएका एसपीलाई दर्ज्यानी चिह्न प्रदान 

राम्रो अनलाइन     २३ चैत २०८०, शुक्रबार
बढुवा भएका एसपीलाई दर्ज्यानी चिह्न प्रदान 


काठमाडौं– प्रहरी नायव उपरीक्षक (डीएसपी) बाट प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएका ८ प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक (आईजी) बवसन्तबहादुर कुँवर र एआईजी टेकप्रसाद राईले उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरे ।

२१ चैतमा जनपदतर्फका ८ डीएसपी एसपीमा बढुवा भएका थिए । त्यस्तै प्राविधिक डीएसपीलाई पनि एसपीमा बढुवा गरिएको थियो । दज्र्यानी चिन्ह प्रदान गरेकाहरुो पदस्थापन भने हुन बाँकी नै छ ।

प्रतिक्रिया