सीआईबीले बुझ्यो सुन तस्करी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन 

राम्रो अनलाइन     ०४ चैत २०८०, आइतबार
सीआईबीले बुझ्यो सुन तस्करी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन 


काठमाडौं– सुन तस्करी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले बुझेको छ । पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको आयोगको प्रतिवेदन आइतबार सीआईबीले बुझेको हो ।

आइतबार गृह मन्त्रालयमा प्रतिवेदन बुझेको सीआईबीका एआईजी श्यामलाल ज्ञवालीले बताए । अनलाइनखबरसँग कुरा गर्दै एआईजी ज्ञवालीले भने, ‘आज हामीले प्रतिवेदन बुझेको छौं । अब अध्ययन गरेपछि कारबाही प्रक्रिया अघि बढाउँछौं ।’

अहिले नै कसलाई कारबाही हुने, कसलाई पक्राउ गर्ने भन्ने विषय यकिन हुन बाँकी नै रहेको ज्ञवालीले बताए । ‘अहिलेसम्म मिडियामा आएका विषय बाहेक औपचारिक रुपमा हामीलाई कुनै जानकारी आएको थिएन । बल्ल प्रतिवेदन हात परेको छ । अब अध्ययन गरेपछि सम्बधीत व्यक्तिमाथि कारबाही अघि बढ्छ,’ उनले भने ।

विमानस्थलको भन्सार जाँच पार गरेको तस्करी भएको ६० किलो सुन, भेपमार्फत आएको सुन तस्करी लगायतमा राजनीतिक नेतृत्वलाई जोगाइएको आरोप लागिरहेका बेला उच्चस्तरीय छानबिन आयोग बनाउन दबाब बढेको थियो ।

त्यसबीचमा सरकारले पूर्वन्यायाधीश आचार्यको नेतृत्वमा आयोग बनाएको थियो । आयोगमा किशोरजंग कार्की, प्रेमराज जोशी र सहकुल थापा सदस्य थिए ।

आयोगले सुन तस्करीमा संलग्नहरुसँग बयान, स्थलगत अध्ययन, प्राविधिक विश्लेषणलगायतका आधारमा केही महत्वपूर्ण सिफारिसहरु सहित गृह मन्त्रालयलाई चैत १ गते प्रतिवेदन बुझाएको थियो ।

प्रतिक्रिया