‘१२गाउँ’ र ‘छक्का पञ्जा- ५’काे चर्चाबीच ‘ज्वाइँ साब’ १० दिनमा ३ कराेड कमाउन सफल

राम्रो अनलाइन     ०४ कात्तिक २०८१, आइतबार
‘१२गाउँ’ र ‘छक्का पञ्जा- ५’काे चर्चाबीच ‘ज्वाइँ साब’ १० दिनमा ३ कराेड कमाउन सफल

 

काठमाडाैं – विराज भट्टकाे ‘१२गाउँ’ र दीपक-दीपाकाे ‘छक्का पञ्जा- ५’काे चर्चबीच जितु नेपाल अभिनित ‘ज्वाइँ साब’ले ३ कराेड बढी ग्रस कलेक्सन गरेकाे छ।

दसैँकाे फूलपातीकाे दिन दुई सुपरहिट चलचित्रसहित प्रदर्शनमा आएकाे ज्वाइँ साबले १० दिनमा तीन कराेड २५ लाख ग्रस कलेक्सन गरेकाे हाे।

जितुकाे सरप्राइज अभिनयमा बनेका भनिएकाे ज्वाइँ सबले काठमाडाैँ र काठमाडाैँबाहिर पनि दर्शककाे राम्राे साथ पाएकाे छ। ‘१२गाउँ’ र ‘छक्का पञ्जा- ५’काे तुलनामा कम शाे पाएकाे याे चलचित्रकाे अकुपेन्सी भने राम्राे रहेकाे छ।

प्रतिक्रिया