प्रदेश नं १ मा चौध हजार क्षयरोगी

राम्रो अनलाइन     ११ चैत २०७७, बुधबार

विराटनगर । प्रदेश नं १ मा १४ हजार ३०८ क्षयरोगी रहेको पाइएको छ । सेभ द चिल्ड्रेन, विराटनगरका अनुसार प्रदेशका झापा, इलाम, मोरङ, उदयपुर र सुनसरीमा क्षयरोगी उच्च रहेका छन् । प्रदेशमा ८१८ वटा क्षयरोग औषधि केन्द्र र ९६ जाँच केन्द्र रहेको संस्थाले जनाएको छ । 

एक अध्ययनअनुसार देशभर सरदर दैनिक ४७ जना सो रोग कारण मृत्यु हुने गरेको छ ।
 
संस्थाका अधिकृत शैलेश भुजेलले गरिबी, पोषणयुक्त खानाको कमी, चेतनाको कमी, रोग लुकाउने बानीका कारण क्षयरोग कमी हुन नसकेको बताए । उनले एक जना क्षयरोगीले वर्षभरमा कम्तीमा १० जनालाई रोग सार्न सक्ने भन्दै ८० प्रतिशत फोक्सोको क्षयरोगी रहेको जानकारी दिए । 

उपचार सहयोगीको निगरानीमा औषधि खानुअगावै ३३ प्रतिशत मात्र निको हुने दर थियो भने स्वाथ्यकर्मीको निगरानीमा क्षयारोगीले औषधि खाँदा ९० प्रतिशत निको हुने अवस्था देखिएको बताइएको छ ।
 

प्रतिक्रिया