काठमाडौँ– हङकङमा आयोजित २८औं एशियन सिटिज तेक्वान्दो च्याम्पियनसिपमा नेपालका सुरज कार्कीले रजत पदक जितेका छन् । कार्कीले ७४ केजी केजी तौल समूहमा प्रतिस्पर्धा गरेका थिए ।
उनलाई हङकङ तेक्वान्दो एशोसियनका अध्यक्ष चिङ म्यान चुङसहितका पदाधिकारीले पदक वितरण गरेका थिए । प्रत्येक वर्ष आयोजना हुने प्रतियोगितामा यस वर्ष आयोजक हङकङसहित नेपाल, मकाउ, भारत, मंगोलिया, कम्बोडिया, सिंगापुरलगायतका देशका खेलाडी सहभागी थिए ।