चेक लिस्टसहित आएका छौँ, कम्प्रोमाइज हुन्न : गृहमन्त्री लामिछाने

राम्रो अनलाइन     २५ फागुन २०८०, शुक्रबार
चेक लिस्टसहित आएका छौँ, कम्प्रोमाइज हुन्न : गृहमन्त्री लामिछाने

काठमाडौँ–  उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले केही समय गृहकार्य गरेर काम अघि बढाउने बताएका छन् । शुक्रवार सामाजिक सञ्जाल फेसबुकबाट महाशिवरात्रि, अन्तर्राष्ट्रिय नारी दिवस र नेपाली सेना दिवसका अवसरमा संक्षिप्त शुभकामना व्यक्त गर्दै उनले काम गर्न चेक लिस्टसहित आएको र काममा कुनै सम्झौता नहुने बताएका हुन् । 

उनले भनेका छन्– ‘चेक लिस्ट’ सहित आएका  छौ । ‘कम्प्रोमाइज’ हुन्न। केही समय ‘होम वर्क’ मा रहनेछौ। जय शम्भो... जय नेपाली सेना ...जय नारी... शिव रात्री, नेपाली सेना दिवस तथा नारी दिवसको धेरै शुभकामना।

प्रतिक्रिया