काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृह मन्त्रालयसहित चार मन्त्रालय लिने भएको छ। उपप्रधानसहित गृह, शिक्षा, श्रम र खेलकुद मन्त्रालय रास्वपाले लिने भएको हो ।
बालुवाटारमा बुधबार दिउँसो बसेको सत्ता गठबन्धन बैठकमा रास्वपाले चार मन्त्रालय पाउने सहमति भएको हो।