काठमाडौं– नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले सुन्तलालाई नेपालको राष्ट्रिय फल घोषणा गर्न माग गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले भने, ‘भारतले आापलाई जापानले हलुवावेदलाई राष्ट्रिय फल बनाएको छ । त्यसैगरी नेपालले सुन्तालालाई राष्ट्रिय फल घोषणा किन नगर्ने ?’ उनले नेपालमा सुन्तला उत्पादनको सम्भावना राम्रो रहेकाले यसको व्यावसायिक उत्पादन र बजारीकरणका लागि सरकारी निकायबाट भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याए ।