सस्पेन्स् र थ्रिलर चलचित्र ‘ए’ को छायाँकन सुरु

राम्रो अनलाइन     ०६ चैत २०७७, शुक्रबार
सस्पेन्स् र थ्रिलर चलचित्र ‘ए’ को छायाँकन सुरु

काठमाडौं : चलचित्र ‘ए’ को छायाँकन सुरु भएको छ । विलभ्ड इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण हुन लागेको सस्पेन्स् र थ्रिलर चलचित्र ए को शुभमुर्हत गरेर छायाँकन सुरु भएको हो । कलाकार रवि गिरीले मुर्हत टेक दिएर सुरु भएको चलचित्रको छायाँकन काठमाडौं, बनेपा र सागाँमा हुने निर्माण टिमले जानकारी दिएको छ । 

यस चलचित्रको मुख्य भुमिकामा प्रमोद अग्रहरी, सोहित मानन्धर, छोल्टिम गुरुङ्ग, रिस्ता बस्नेत र रवि गिरी रहेका छन् । चलचित्रमा प्रविन खतिवडा, सि.एम भारद्वाज, बिकेश प्रजापति, सुरज विष्ट, समिक्षा क्षेत्री, अजित रेग्मी, विपिन कार्की र गिता विष्ट छन् । बाल कलाकार जसिका घिमिरे, अभिमानसिहं बस्नेत, प्रतिक भुजेल र रुपेस थापाको पनि चलचित्रमा अभिनय छ । 

चलचित्रको पटकथा तथा संवाद भोमन कटुवाल र आकाश उखेडाको हो । चलचित्रको छायाँकंन मोहनकुमार झिल्लुले गर्ने भएका छन् । सम्पादन अनिलकुमार महर्जनले गर्ने निर्माण टिमले जानकारी दिएको छ । 

चलचित्रको निर्देशन भोमन कटुवालले गर्दैछन् । चलचित्र प्रलाद काफ्लेको लगानी निर्माण हुन लागेको हो । 
 

प्रतिक्रिया