गाजाको शरणार्थी शिविरमा इजरायली आक्रमणमा १७ को मृत्यु

राम्रो अनलाइन     १० फागुन २०८०, बिहिबार
गाजाको शरणार्थी शिविरमा इजरायली आक्रमणमा १७ को मृत्यु

गाजा– मध्य गाजापट्टीको नुसिरात शरणार्थी शिरिमा एक घरमा इजराइलले पुनः गरेको हवाई आक्रमणमा कम्तीमा १७ प्यालेस्टिनी मारिएको र अन्य ३४ जना घाइते भएको स्थानीय चिकित्सा स्रोतले बताएको छ । 

स्रोतले उद्धार प्रयास जारी रहेको र हताहत हुनेमा महिला र बालबालिका पनि रहेको बताएको छ । पीडितहरूलाई देइर अल–बलाह सहरको अल–अक्सा शहीद अस्पतालमा सारिएको छ । 

प्रत्यक्षदर्शीहरूले एक इजराइली युद्धक विमानले धेरै विस्थापित परिवारलाई आश्रय दिइरहेको घरमा अनेकौँ मिसाइल प्रहार गरेको बताएका छन् । ठूलो विस्फोटबाट भवन ध्वस्त भएको र शिविरको पश्चिमी भागमा छिमेकीको घरमा गम्भीर क्षति पुगेको छ । 

यसैबीच हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै गाजापट्टीमा इजराइली आक्रमणमा मर्ने प्यालेस्टिनीहरूको सङ्ख्या बढेर २९ हजार तीन सय १३ पुगेको र ६९ हजार तीन सय ३३ जना घाइते भएको जनाएको छ । 
 

प्रतिक्रिया