एकै समयमा ओलीको संसदीय दलको बैठक, नेपाल समूहका सांसदको भेला

राम्रो अनलाइन     ०५ चैत २०७७, बिहिबार
एकै समयमा ओलीको संसदीय दलको बैठक, नेपाल समूहका सांसदको भेला

काठमाडौं । नेकपा एमालेभित्र देखिएको विवाद संसदीय दलमा पनि देखिएको छ । संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहका सांसद उपस्थित भएका छैनन् । बालुवाटारमा ओली समूहका सांसदको बैठक बसिरहेका बेला नेपाल समूहका सांसदहरुको भेला ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएको छ ।

 ओलीले बोलाएको दलको बैठकमा नजाने निर्णय यो समूहले बुधबार नै गरेको थियो । अहिले उनीहरु आफ्नोतर्फको योजना बनाउन छलफलमा जुटेका सचिव तथा सांसद योगेश भट्टराईले जानकारी दिए । 

एमालेभित्र विवाद बढ्दै गएपछि नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेला हेरिटेज गार्डेनमा हिजोबाट सुरु भएको छ । सांसदहरुको भेला पनि त्यही गरिएको हो । 

प्रतिक्रिया