पूर्वी इन्डोनेसियामा ३ यात्रु बोकेको हेलिकप्टर सम्पर्कविहीन

राम्रो अनलाइन     ०९ फागुन २०८०, बुधबार
पूर्वी इन्डोनेसियामा ३ यात्रु बोकेको हेलिकप्टर सम्पर्कविहीन

इन्डोनेसिया– इन्डोनेसियाको पूर्वी प्रान्त उत्तरी मालुकुमा मङ्गलबार तीन यात्रु बोकेको एउटा हेलिकप्टर सम्पर्कविहीन भएको प्रान्तीय खोज तथा उद्धार कर्यालयका प्रमुख फतुर रहमानले बताएका छन् । खोजी तथा उद्धार कार्य जारी छ । 

स्थानीय समयानुसार दिउँसो १ः१६ बजे हेलिकप्टर एयर ट्राफिक कन्ट्रोलसँग सम्पर्कविच्छेद भएको थियो । स्थानीय समयानुसार हेलिकप्टर हलमहेरा तेङ्गाह जिल्लामा जङ्गलमाथि उडिरहेको थियो । 

रहमानका अनुसार पिटी वेडा बे निकेल फर्मद्वारा सञ्चालित हेलिकप्टरमा तीन यात्रु सवार थिए । तिनमा दुई पाइलट र एक यात्रु थिए ।  कार्यालयका तीन सय कर्मचारी, सैनिक र प्रहरीको संयुक्त उद्धार टोली हेलिकप्टरको एयर ट्राफिक कन्ट्रोलसँग सम्पर्कविहीन भएको क्षेत्रमा गइरहेको रहमानले बताए ।
 

प्रतिक्रिया