सर्लाही– सर्लाहीमा ११६ किलो गाँजासहित एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले निजी कारमा लुकाई छिपाई लगिएको गाँजाको प्याकेटसहित एक जनालाई पक्राउ गरेको हो।
बागमती प्रदेश ०१–०२६ च ५१५९ नम्बरको कार चेकजाँचका क्रममा त्यसमा १० पोका रिफाइन गाँजा बरामद गरिएको हो । गाँजा बरामद भएपछि कार चालक पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका– ११ का ३० वर्षीय सूर्य परियारलाई पक्राउ गरिएको छ ।