लैगिंक हिंसा बिरुद्ध अनुशिक्षण तालिम संचालन

राम्रो अनलाइन     २७ फागुन २०७७, बिहिबार
लैगिंक हिंसा बिरुद्ध अनुशिक्षण तालिम संचालन

काठमाडौं, २७ फागुन : १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरम सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबास महोत्तरीमा पाँच दिने लैंगिक हिंसा बिरुद्ध अनुशिक्षण तालिम संचालन भएको छ । 

सशस्त्र प्रहरी बल, नेपाल र यूएनडिपीको सहकार्यमा फागुन २३ गते सुरु भएको उक्त तालिम फागुन २८ गतेसम्म संचालन हुनेछ ।   

सो अनुशिक्षण तालिममा लैंगिंक शाखा तथा क्षेत्रीय लैंगिक ईकाईका काम कर्तव्य र अधिकार, लैंगिकता र योनिकताको अवधारण, लैंगिकताको दृष्टिकोणबाट कोभिड–१९, महिला बिरुद्ध हुने हिंसा सम्बन्धी हालसम्मको घटनाक्रम तथा सवै किसिमका भेदभाव उन्मुलन गर्ने सम्बन्धी अन्तर्राष्ट्रिय संयन्त्र विषयमा प्रशिक्षण प्रदान गरिने कुरा सो तालिमका प्रमुख प्रशिक्षक सशस्त्र प्रहरी नायव उपरीक्षक रजनी थापाले जानकारी दिइन् ।  

यसैगरी सो तालिममा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको प्रस्तावना नम्बर १३२५ र १८० लैंगिक हिंसा न्यूनिकरण र राष्ट्रिय संयन्त्रहरु (कार्यस्थलमा हुने यौनजन्य हिंसा), अपाङ्गता र लैंगिकता, घरेलु हिंसा कसूर तथा सजाय ऐन २०६६, लैंगिक हिंसा बिरुद्धको सरकारी प्रयास, बिबाह सम्बन्धी कसूर र सम्बन्ध बिच्छेद लगायत मानव बेचविखन तथा ओसार पसार जस्ता विषयमा आन्तरिक तथा अतिथि प्रशिक्षकहरुद्वारा प्रशिक्षण गराइने  सशस्त्र प्रहरी नायव उपरीक्षक थापाले बताइन् । 

सो अनुशिक्षण तालिममा प्रदेश नम्बर २ स्थित नेपाल एपीएफ एकाईमा कार्यरत राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया