मेरिगोल्ड (सयपत्री ज्वेलर्स) स्थापनाको १११औं वर्षमा प्रवेश गरेको छ । नेपालका मौलिक तथा आधुनिक गरगहना निर्माण एवम् विक्रीमा विशिष्ठ स्थानमा रहेको मेरीगोल्डले १११औं वर्ष प्रवेश गरेको अवसरमा विशेष छूटसहित विभिन्न अफर ल्याएको छ ।
मेरीगोल्डका प्रबन्ध निर्देशक ज्योत्सना श्रेष्ठका अनुसार १११औं वार्षिकोत्सवका अवसरमा न्यूरोडस्थित मेरीगोल्डको नयाँ शोरुममा विशेष छूट र लक्की ड्र कार्यक्रम राखेको छ ।
जसमा प्रथम पुरस्कारस्वरुप विजेताको तौल बराबर शुद्ध चाँदी तथा द्वितिय पुरस्कारमा झापाको मेची क्राउन होटलमा दुई रात तीन दिनको प्याकेज रहेको छ । मेरीगोल्डका हाल न्यूरोड र दरबारमार्गमा आउटलेट सञ्चालनमा रहेका छन् ।
ग्राहकको अटुट विश्वास तथा गुणस्तरमा कहिल्यै सम्झौता नगरेकै कारण मेरीगोल्डले ११ दशक पूरा गरेको प्रबन्ध निर्देशक श्रेष्ठले बताइन् । ‘हामीले माौलिकता जोगाउँदै र ग्राहकको विश्वास जित्दै सुनचाँदीका गरगहना तयार पार्दै आइरहेका छौं,’ श्रेष्ठले भनिन्, ‘परिस्थिति अनुकूल रह्यो भने चाँडै नै नेपालमा उत्पादित गरगहना उल्लेख्य परिमाणमा निर्यात गर्न पनि मेरीगोल्ड सक्षम हुनेछ ।’