कन्सर्टका लागि बलिउड गायक आतिफ असलम नेपाल आउने

राम्रो अनलाइन     २३ माघ २०८०, मङ्गलबार
कन्सर्टका लागि बलिउड गायक आतिफ असलम नेपाल आउने

काठमाडौँ–  बलिउडका चर्चित गायक आतिफ असलम नेपाल आउने भएका छन् । नयाँ वर्षको अवसर पारेर आगामी चैत्र ३० गते होटल हायात रिजेन्सीमा आयोजना हुने सांगीतिक कार्यक्रम ‘आतिफ असलम लाइभ इन नेपाल’मा प्रस्तुति दिन उनी नेपाल आउन लागेका हुन् । 

ट्यारिस इन्टरटेनमेन्ट र एमजे प्रोडक्सनले उनलाई कन्सर्टका लागि नेपाल ल्याउन लागेका हुन् । कम्पनीका सीईओ जितबहादुर लामाले अर्का एक चर्चित भारतीय कलाकार पनि नेपाल आउन लागेको बताए । यो घोषणा केही दिनमा गरिने जनाइएको छ ।

यो कन्सर्टको टिकट पार्टनरको रुपमा खल्ती डिजिटल वालेट रहेको छ । आतिफको यो दोस्रो नेपाल कन्सर्ट हुनेछ । यसअघि सन् २०१२ मा पनि काठमाडौंको दशरथ रंगशालामा सांगीतिक प्रस्तुति दिएका थिए ।

प्रतिक्रिया